Sajhamanch Archive

बुधबारे जेसीजद्वारा वृक्षारोपण, एक हजार विरुवा रोपियो

Published: (Updated: ) in समाज by .

बुधबारे । वातावरणको क्षेत्रमा विगतका वर्षहरुदेखि नै कार्य गर्दै आएको बुधबारे जेसीजले ग्रिन सिटी क्लिन सिटी वृक्षारोपण गरेको छ । सुन्दर र हराभरा गाउँ बनाउने उत्घोषसँगै जेसीजले बुद्धशान्ति १ मा करीव एक हजार विरुवा रोपेको हो ।

बृद्धशान्ति १ को आनन्देश्वर शिव मन्दिरदेखि पीपल चोकसम्मको करीव डेढ किलोमिटर क्षेत्रको सडक किनारमा वृक्षारोपण गरिएको बुधबारे जेसीजका अध्यक्ष जेसी प्रकाश भण्डारीले बताए ।

कार्यक्रममा बुद्धशान्ति १का वडाध्यक्ष भिमकुमार नेवार र तीनतले सामुदायिक वनको अध्यक्ष नन्दु राईको हातबाट बृक्षारोपण गर्न सुरु गरिएका जेसी अनिल वाग्लेले बताए ।

बृक्षारोपणमा बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोखरेल, बुधबारे जेसीजका पदाधिकारी, स्थानीय समाजसेवी तथा युवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । जेसी गजुहांग योगहांगको संयोजकत्वमा भएको कार्यक्रमले वातावरणको क्षेत्रमा सकारात्मक प्रभाव पार्न र भावी सन्ततिलाई सुन्दर र हराभरा गाउँ सुम्पिनकालागि जेसीजले विगतका वर्षहरुमा झैं यो वर्ष पनि वृक्षारोपन गरिएको अध्यक्ष भण्डारीको बताए ।

उनले बुधबारे जेसीजले चाँडै जेसीज वनको घोषणा गर्ने जनाएका छन् । सो वृक्षारोपन कार्यक्रमका लागि तीनतले सामुदायिक वनले विरुवा उपलब्ध गराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *