Sajhamanch Archive

चीनबाट पिपिईसहितका सामग्री लिएर आयो विमान

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । कोरोना भाइरस विरुद्धको अभियानका लागि अत्यावश्यक सामग्री चीनबाट नेपाल आइपुगेको छ।

चीनका विभिन्न राज्य तथा संगठनले प्रदान गरेका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहित अत्यावश्यक सामग्रीको पहिलो लट लिएर विमान चीनको ग्वान्झाउबाट काठमाडौँ आएको हो ।

सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले प्रदान गरेको पिपिईसहितका अत्यावश्यक सामग्रीसहितको विमान आइतबार बिहान अवतरण भएको हो ।

सो विमानमा ज्याक मा फाउन्डेसन र अलिबाबाले सहयोग स्वरुप प्रदान गरेका मास्कसहितका सुरक्षात्मक सामग्री पनि ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानबाट १२.६६ टन चिकित्सा सामग्री नेपाल ल्याइएको हो । अरु राज्यले प्रदान गरेका सहयोगहरु पनि आउने क्रम जारी रहने जनाइएको छ ।

तस्बिरः नेपालका लागि चिनियाँ राजदूतको ट्वीटरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *