Sajhamanch Archive

अमेरिकामा एकै दिन ५१५ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । इटालीको सिभिल प्रोटेक्सनका अनुसार शनिबार मात्रै थप ८८९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

आइतबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप पाँच हजार ९७४ जनामा संक्रमण देखिएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४७२ पुगेको छ ।

त्यस्तै अमेरिकामा पनि पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको कोरोनाबाट मृत्यु भएको छ भने थप १९ हजार ३०२ जनामा संक्रमण देखिएको छ ।

आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २११ पुगेको छ भने संक्रमितको सख्या एक लाख २३ हजार नाघेको छ । विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको अमेरिकाले शुक्रबार मात्रै २० खर्बको राहत प्याकेज घोषणा गरेको छ ।

अमेरिकाका विभिन्न राज्यका गभर्नरले पर्याप्त मेडिकल उपकरण तथा औषधि नभएकाले स्थिति अझ भयावह बन्न सक्ने चेतावनी दिँदै आएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा पनि थप ८४४ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने संक्रमितको संख्या ७३ हजार २३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा ३२४, बेलायतमा २६०, इरानमा १३९, जर्मनीमा ८२,नेदरल्यान्ड्समा ९३, बेल्जियममा ६४ र स्विजरल्यान्डमा ३३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी थप ३ हजार ५०६ जनाको मृत्यु भएको छ भने ६६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३० हजार ८५० जनाको मृत्यु भइसकेको छ । त्यस्तै ६ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख ४२ हजार निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *