Sajhamanch Archive

विर्तामोडका युवा व्यवसायीले दिए विपन्नलाई खाद्यन्य

Published: in राष्ट्रिय समाचार, समाज by .

बाह्रदशी । बाह्रदशीका विपन्न परिवारलाई एक साताका लागि खाद्य सामाग्री वितरण गरिएको छ । विर्तामोड निवासी युवा व्यवसायी प्रविण र पुरुषोत्तम अग्रवालले करिव ६५ परिवारका लागि खाद्य सामाग्री वितरण गरेका हुन् ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणले अहिले विश्व त्रसिद् छ । नेपालमा पनि अहिले लकडाउनको अवस्था छ । विगत पाँच दिनदेख नेपाल लकडाउडको अवस्थामा रहँदा हुँदा खाने बर्ग समस्यामा छन् । दिनभरि जन मजदुरी गरेर खाने तथा समाजमा मागेर हिड्ने छुट्टै वर्ग छ ।

त्यस्ता वर्गका मानिसले लक डाउनको पाँच दिनसम्म खाना खान कठिनाई भइरहेको अवस्थामा अग्रवालद्वयले बाह्रदशी गाउँपालिकामा आज झण्डै ६५ परिवारका लागि एक सातासम्म पुग्ने खाद्यन्य वितरण गरेका छन् । उनीहरुले गाउँपालिकाको वडा नम्वर ७ का वडा अध्यक्ष मित्र भट्टराईसंगको सहकार्यमा विपन्न समुदायका नागरिकलाई खाद्यन्य बितरण गरेका हुन् ।

वडा कार्यालयसम्म आफैं खाद्यन्य सामग्री बोकेर पुगेका युवाले वडा कार्यालयलाई खाद्यन्य हस्तान्तरण गरेपछि वडाका जनप्रतिनिधिले विपन्न समुदायको घर ÷ घरमै पुगेर खाद्य सामग्री प्रदान गरेका थिए ।

विपन्न समुदायका नागरिककलाई दाल, चामल, नून लगायतका खाद्य सामग्री वितरण गर्न पुगेका प्रविणले भने – अहिले बाहिर निस्कने अवस्था छैन, कोरोनाको विश्वव्यापी महाभारीको हल्लाले विश्व त्रसिद छ तर यहाँका सर्वसाधारण भोकमारीमा छन् भन्ने सुनेपछि खाद्य सामग्री वितरणका लागि आएको हुँ ।

यस अघि पनि उनीहरुले त्यस क्षेत्रका २०० परिवारका सर्वसाधारणका लागि लत्ता कपडा वितरण गरेका थिए । खाद्यन्य वितरणका लागि पुगेका व्यवसायीलाई स्थानीय समाजसेवी देवेन्द्र चम्लगाई, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश झा, जनप्रतिनिधि तारा कार्की लगायतले खाद्य सामग्री वितरणमा सहयोग पु¥याएका थिए ।

खाद्य सामग्री वितराणका लागि वाह्रदशीमा पुगेका युवा व्यवसायीलाई गाउँपालिकाको तर्फबाट वडा अध्यक्ष मित्र भट्टराईले धन्यवाद ज्ञापन गर्दै महामारीको समयमा वाह्रदहशी वासीलाई ठूलो सहयोग पु¥याएको भन्दै खुशी व्यक्त गरेका छन् ।

अझैं त्यस क्षेत्रमा झण्डै एक सय परिवार विपन्न समुदाय रहेको वडा अध्यक्ष भट्टराईको भनाई छ । लकडाउन लम्विने हो भने अझ यहाँ समस्या पर्छ वडा अध्यक्ष भट्टराईले भने – ‘लक डाउन नगर्दा महामारी फैलन्छ,गर्दा भोकमारीले आक्रान्त हुने भयो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *