Sajhamanch Archive

दार्जिलिङमा कोरोनाबाट एक महिलाको मृत्यु,

Published: in राष्ट्रिय समाचार by .

दार्जिलिङ । नेपालबाट केहि घण्टाकै यात्रामा पुग्न सकिने भारतको दार्जिलिङमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

दार्जिलिङको काबेलुङ निवासी एक ४५ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो उ। उनलाई चैत १५ गते कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलमा उपचारका क्रममा उनको ज्यान गएको हो ।

उत्तर बंगालमा पहिलो पटक कोरोना भाइरसबाट मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । उनी गएको फागुन २४ गते छोरीको उपचारका लागि कालेबुङबाट चेन्नइ गएकी थिइन् ।

कालेबुङ फर्केपछि उनमा कोरोना भाइरसको लक्षण देखिएको थियो । उनी १३ चैतमा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएकी थिइन् । ती महिलाका परिवारका सदस्य र उनका सम्पर्कमा आउने १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । महिलाको पहिलो स्वास्थ्य जाँच गर्ने दुई डाक्टर पनि अहिले होम क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

यता दार्जिलिङकी महिलाको कोरोनाबाट ज्यान गएपछि भारतसँग सीमा जोडिएको इलामका सीमावर्ती गाउँहरुमा चिन्ता फैलिएको छ । नेपाल–भारत दुवै देशमा लकडाउन भए पनि दार्जिलिङ र इलामका नागरिक विभिन्न नाकाबाट आउजाउ गर्न सक्ने अवस्था भएका कारण कोरोनाको संक्रमण सहज फैलन सक्ने अवस्था छ ।

दार्जिलिङका धेरै मानिस इलामका सदरमुुकामलगायत विभिन्न नगरपालिका र गाउँपालिकामा व्यवसाय गर्दै बसेका छन् । दार्जिलिङबासी र इलामका धेरै व्यक्तिको वारी–पारी वैवाहिक र व्यवसायिक सम्बन्ध भएका कारण पनि कोरोना संक्रमण भित्रिन सक्ने जोखिम बढी रहेको जानकार बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *