Sajhamanch Archive

भद्रपुरमा विपिको सम्झाना

Published: (Updated: ) in समाज by .

भद्रपुर । प्रजातान्त्रिक समाजवादी राज्य व्यवस्थाका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस भद्रपुरमा भव्य रूपमा मनाइएको छ ।

नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित वी पी चौकमा कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानको स्मरण गर्दै दिवस मनाइएको हो ।

नेपाली काँग्रेस भद्रपुर ९ नम्बर वडा सभापति गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा काँग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटी, महिला संध झापा अध्यक्ष शुशिला ढकाल, नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल लगायतले मन्तव्य राख्दै कोइरालाको समाजवादी दर्शनले आधुनिक नेपालका लागि आर्थिक समृद्धिको बाटो खोलेको धारणा राखेका थिए ।

काँग्रेस चन्द्रगढी गाविसका पूर्व सचिव लावण्यकुमार पोखरेलले सञ्चालन गरेको कार्यक्रममा झापा क्षेत्र नम्बर १ का सभापति मणी उप्रेतीले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *