Sajhamanch Archive

कर्णाली साकोसले जम्मा गर्यो राहत कोषमा सहयोग

Published: in राष्ट्रिय समाचार, सहकारी by .

दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाको दमक शाखाले दमक नगरपालिकामा स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा ५० हजार रुपैयाँ मुल्य बराबरका खाद्यान्नका सामाग्रीहरु उपलब्ध गराएको छ । सहकारीको दमक शाखा संयोजक केशब दाहाल सहितको टोली आज नगरपालिकामा पुगेर उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण विपन्न परिवार दैनिक गुजारा गर्न नै समस्या रहेकोले उनिहरुको लागी खाद्यान्नका सामाग्री उपलब्ध गराईएको कर्णाली सहकारीका शाखा संयोजक दाहालले बताए । राहतलाई नगरपालिकाले एकद्वार प्रणाली अन्तर्गत वितरण गर्ने भएकोले नगरपालिकाको कोषमा जम्मा गरिएको उनले जानकारी दिए ।

सहकारीले उपलब्ध गराएको रहत ग्रहण गर्दै नगर उप प्रमुख गीता अधिकारीले बिपदको सामना गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *