Sajhamanch Archive

नेपालमा पढेका ११ विषयका डाक्टरलाई मात्र भारतमा मान्यता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ।

नेपालमा अहिले ४७ विषयमा स्नातकोत्तरको विशेषज्ञ शिक्षा अध्ययन अध्यापन हुन्छ तर भारतीय मेडिकल काउन्सिलले नेपालमा ११ विषय पढेका विद्यार्थीलाई मात्र अनुमति दिने गरेको छ। राजधानी दैनिकका अनुसार त्रिभुवन विश्वविद्यालयले ३५ प्रतिशत र काठमाडौं विश्वविद्यालयमा ४० प्रतिशत विदेशीका लागि दरबन्दी छुट्याइएको छ।

नेपाल मेडिकल काउन्सिलले भने भारतीय मेडिकल काउन्सिलले अनुमति दिएका कलेजमा अध्ययन गरेर आएका सबै विशेषज्ञ चिकित्सकलाई अनुमति दिने गरेको छ। यहाँको हाउन्सिलबाट मान्यता प्राप्त कलेजमा अध्ययन गरेका सबै विषयगत विधामा भारतले पनि अनुमति दिनुपर्ने आवाज नेपाल मेडिकल काउन्सिलले उठाउँदै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *