Sajhamanch Archive

भद्रपुर नगरपालिकामा ४ हजार २ सय २९ विपन्न परिवार

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले लक डाउनको समयमा सरकारको निर्देशन पालन गरी सहयोग गर्नु भएका भद्रपुरबासीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुहुँदै यो अवधीलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

विपद व्यवस्थापनको बैठकपछि निर्णय जानकारी गराउनु हुँदै नगर प्रमुख श्रेष्ठले राहत प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्वाद ज्ञापन गरी नगरप्रमुख श्रेष्ठले नगरपालिकाको विपद व्यवस्थापन कोषको खाता सञ्चालन गरिएको र दाता महानुभावहरुलाई सहयोगको रकम त्यही कोषमा जम्मा गर्न पनि आग्रह गरे । उनले यो संकटको वेलामा निजी अस्पतालहरुलाई जिम्मेवारीपूर्वक आफ्नो दायित्व पूरा गर्न आग्रह गरे । कर्तव्यबाट पलायन हुन वा छल्न खोजे नगरपालिकाले मसिनोगरी अनुगमन गर्दै गरेको जानकारी दिए ।

उनले यो बेलामा भइरहेको बन विनासलाई रोक्न र मोवाइल घुम्ती पसल सञ्चालन गर्न, बजार अनुगमन तथा कार्वाहीको सिफारिस गर्ने र निर्वाचित जनप्रतिनिधिबाट विपद राहत कोषमा रकम घोषणा र जम्मा गर्ने निर्णय भएको जानकारी गराएका थिए ।

राहत दिनु पर्ने व्यक्तिको नामावली वडा अध्यक्षहरु मार्फत माग गरेको भद्रपुर नगरपालिकाले ४ हजार २ सयको नामावली प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार वडा नम्बर १ को १३३० घरधुरीमा २०० घर परिवार, वडा नम्बर २ मा १८६८ घरधुरी घरपरिवारमा २०० घरधुरी, वडा नम्बर ३मा १४४२ घरधुरीमा १७८ घर परिवारलाई राहत वितरण गर्नु पर्ने वडाले सिफारिस गरेको छ ।

त्यसैगरी, वडा नम्बर ४ मा १४९२ घरधुरी भएकोमा ६८४ घरधुरी, वडा नम्बर ५ मा १२६१ घरधुरी भएकोमा ११२० घरधुरी, वडा नम्बर ६ मा १११६ घरधुरी भएकोमा ४६२ घरधुरी, वडा नम्बर ७ मा १७९२ घरधुरी भएकोमा ४०१ घरधुरी, वडा नम्बर ८ मा १०५२ घरधुरी भएकोमा २१८ घरधुरी, वडा नम्बर ९ मा १५९७ घरधुरी भएकोमा ४०६ घरधुरी, वडा नम्बर ४ मा १४१५ घरधुरी भएकोमा ४०० घरधुरी गरी ४२३९ घर परिवारलाई राहत दिनु पर्ने वडाबाट सिफारिस भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *