Sajhamanch Archive

राहतको गाडी लिएर विपन्न परिवारको घर–घर पुगे जनप्रतिनिधि

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का १ सय ७५ बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरीएको लकडाउनको कारण अति आवश्यक खाद्य सामग्रीको कमी हुन नदिन ६ नं. वडा कार्यालयले राहत सामग्री बितरण गरेको हो ।

वडा नम्बर ६ मा रहेका अति विपन्न वर्गका परिवारहरुलाई चामल दाल, नुन, तेल, साबुन, मास्क लगायतका सामग्र्रीहरु बितरण गरिएको थियो । अमेरिकामा रहेका नेपाली र शिवगञ्ज स्थित जन आर्दश माविका पूर्व बिद्यार्थीहरुद्वारा सञ्चालित मिसन रिब्युल्ड नेपालको विषेश सहयोगमा क्रमश अन्जनी अग्रवाल, अरुण कुमार मित्तल, सञ्जय अग्रवाल लगायतले सहयोग उपलब्ध गराएका हुन् । उक्त सहयोग वडा नम्बर ६ को कार्यालयले शिवसताक्षी उद्योग बाणिज्य संघ र शिवसताक्षी रेडक्रस सोसाईटी उपशाखाले सहयोगमा सामग्री बितरण गरेको हो ।

विहीबारदेखि सामाजिक दुरी कायम राख्दै शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, वडा सदस्य बद्रीनाथ खनाल, लक्ष्मी गुरागाई, शिवसताक्षी रेडक्रस सोसाईटी उपशाखाका सभापती नारायण प्रसाद दाहाल, शिवसताक्षी उद्याृेग बाणिज्य संघका अध्यक्ष भोलानाथ मैनाली, ईलाका प्रहरी कार्यालय शिवगञ्जका प्रमुख गोपी पोख्रेल, मिसन रिब्युल्डका स्वंयमसेवक दिनेश श्रेष्ठ, दिनेश यादव लगायतको टोलीले खाद्य सामग्री बितरण गरेको थियो । एकै स्थानमाबाट राहत सामाग्र्री वितरण गर्दा भिडभाड हुने भएकाले गाडीमा विपन्नको घर घरमै पु¥याइएको वडाकार्यालयले जनाएको छ । खान नपाएर कोही पनि वडावासी भोकै रहनु नपर्ने वडा अध्यक्ष मनोज कार्कीले बताए । उनले कोही परिवारमा खाद्यान्न समस्या भए वडा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *