Sajhamanch Archive

नेपाल एयरलाइन्सले ल्यायो चीनबाट स्वास्थ्य सामग्री

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । मेडिकल सामग्री लिन चीनको ग्वाङ्झाओ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको ए ३३० जहाज शुक्रबार बिहानपख करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सो जहाजमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ । तर, त्यसमा के कति सामान छन् भन्नेबारे अझै यकिन भएको छैन ।

सो हवाईजहाज निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड गरेर चीन लगेका थिए । सो जहाज बिहीबार बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको थियो ।

यसअघि नेपाल सरकारको मेडिकल सामग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो । बिना प्रतिस्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

त्यसपछि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *