Sajhamanch Archive

हल्दिबारीका २ सय २१ विपन्न परिवारलाई राहत वितरण

Published: in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ का २ सय २१ बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाइरसका रोकथामका लागि गरिएको लकडाउनको कारण अति आवश्यक खाद्य सामग्रीको कमी हुन नदिन १ नं. वडा कार्यालयले राहत सामग्री बितरण गरेको हो ।

वडा नम्बर १ मा रहेका अति विपन्न वर्गका परिवारहरुलाई चामल दाल, नुन, तेल, साबुन, मास्क लगायतका सामग्र्रीहरु बितरण गरिएको थियो ।

सोमबारदेखि सामाजिक दुरी कायम राख्दै हल्दिबारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटा वडा सदस्य टोलबिकास समिती र राहत बितरण समितीको सक्रियतामा टोलीले खाद्य सामग्री बितरण गरेको थियो । एकै स्थानमाबाट राहत सामाग्री वितरण गर्दा भिडभाड हुने भएकाले गाडीमा विपन्नको घर घरमै पु¥याइएको वडाकार्यालयले जनाएको छ । खान नपाएर कोही पनि वडावासी भोकै रहनु नपर्ने वडा अध्यक्ष सापकोटाले बताए । ५ वटा समिती निर्माण गरेर काम गरिरहेका छौं, उनले भने कोही परिवारमा खाद्यान्न समस्या भए वडा कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *