Sajhamanch Archive

पहिलो पल्ट उत्कृष्ट शाखा बन्यो सतासीधाम जेसीज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासीधाम जेसीज वर्ष उत्कृष्ट शाखा बन्न सफल भएको छ । सतासीधाम जेसीज नेपाल जेसीजको देशभर रहेका १५६ शाखा मध्ये उत्कृष्ट शाखा बन्न सफल बन्न सफल भएको हो ।

जेसीजको आयोजनामा भएका विभिन्न सामाजिक कामहरुको मूल्यांकन गर्दै नेपाल जेसीजले वर्ष उत्कृष्ट जेसीज घोषणा गरेको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कुमारसिं साँवाले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीले निम्त्याएको विपत्तीमा सचेतना कार्यक्रम र विभिन्न संघसंस्थाहरुसँग सहकार्यमा गरेको मास्क वितरण, सुफत तरकारी पसल सञ्चालन जस्ता काम गरेर समाजमा योगदान पु¥याएको भन्दै नेपाल जेसीजको वर्गिकरणमा परी उत्कृष्ट बनेको बताइएको छ ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकर र महासचिव टेकराज रेग्मीद्रारा हस्तारित हार्दिक धन्यवाद ज्ञापन बुलेटिन विज्ञप्तिमा सतासीधाम जेसीजलाई पहिलो उकृष्ट शाखा रुपमा कार्य विबरणसहित उल्लेख गरिएको छ ।

सतासीधाम जेसीज स्थापनाको ८ औं वर्षको दौरानमा पहिलो पटक उकृष्ट पहिलो शाखा बन्न सफल भएको हो । यस अघि सतासीधाम जेसीज कुनै वर्ष पनि वर्गीकरणमा पर्न सकेको थिएन । यसरी पहिलो पटक वर्गीकरणमा परेर पहिलो उकृष्ट शाखा बन्दै गर्दा वर्ष २०२० को ३ महिनाको अवधीमा सतासीधाम जेसीजले शाखाको वेवसाइट निर्माण, वार्षिक कार्ययोजना बुलेटिन पुस्तिका प्रकाशन लगायत विभिन्न २५ वटा कार्यक्रमहरु संचालन गरी सकेको जेसीज अध्यक्ष जेसी कुमार सिंह साँबा लिम्बुले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *