Sajhamanch Archive

शिवसताक्षीमा २ हजार १ सय २६ परिवारले राहत पाउने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका भित्रका दैनिक ज्यालादारी मजदुर  र अति विपन्न  परिवारको लगत संकलन भएको छ ।

विश्व व्यापी रुपमा फैलिएरको कोरोना भाइरस (कोभिड १९)का कारण गरिएको लगडाउनले विपन्न परिवारको चुलो बल्न छोडेपछि स्थानीय निकायले विपन्न परिवारको लगत संकलन गरी राहत दिन थालेको छ । शिवसताक्षी नगरपालिकामा राहत पाउन २ हजार १ सय २६ परिवार सिफारिस भएका छन् ।

शिवसताक्षी नगरमा राहत पाउन सिफारिस भएका २ हजार १ सय २६ परिवार मध्ये ७०५ परिवारलाई  सम्वन्धित वडाले राहत वितरण गरिसकेका छन् ।

जसमा वडा नं. १ बाट १२४, वडा २ मा ८४, वडा नं. ३ बाट ७०, वडा नं. ४ मा ३९७, वडा नं. ५ बाट ३८४, वडा नं. ६ बाट २९८ परिवार सम्वन्धि वडाले सिफारिस गरेका छन् । त्यस्तै वडा नं. ७ मा १३२, वडा नं. ८बाट १७९, वडा नं. ९ मा ५१, वडा नं. १०बाट २२५ र वडा नंंं ११ बाट १९२ परिवार वडाले नगरमा सिफारिस गरेर पठाएको शिवसताक्षी नगरपालिकाका सहायक सुचना अधिकृत डिल्ली नेपालले जानकारी  दिए ।

वडा कार्यपालिकाको छनौटमा परेका अतिविपन्न वर्गका परिवारलाई राहत वितरण सुरु गरिएको नगरका प्रवक्ता नविन इजमले जानकारी दिए । दाताले दिएको खाद्यन्न सामग्रीबाट राहत पाउन सक्ने लाभग्राहीलाई नपुगेपछि कोरोना कोभिड संक्रमण व्यवस्थापन तथा राहत संकलन वितरण समितिकोे कोषबाट खरिद गरेर वितरणको अन्तिम तयारी भइरहेको प्रवक्ता इजमले जानकारी दिए ।

त्यसै बीच नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा विभिन्न संघ संस्था र दाताहरुबाट नगद तथा खाद्यन्य सामान संकलन भइरहेको नगरपालिकाले जनाएको छ । हालसम्म कोषमा ८ हजार ८५ केजी चामल, ५ सय १३ केजी दाल, २ सय ८ लिटर खाने तेल, ५ सय ३३ केजी नुन र १ सय ४६ थान साबुन संकलन भएको सुचना अधिकृत डिल्ली नेपालले जानकारी दिए ।

यता, शिवसताक्षी नगरपालिकालाई सेवाक्षेत्र बनाएर वित्तीय कारोवार गरिरहको सिम्रिक बचत तथा ऋण सहकारी विर्तामोड ४ ले ५० हजार  र छिमेकी बचत तथा ऋण सहकारी संस्थाले ५१ जम्मा गरेको राहत संकलन तथा व्यवस्थापन समितिका सदस्य महेश लामिछानेले जानकारी दिए ।

त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्थाले ६२५ केजी चामल, १०७ केजी दाल, १५ लिटर तेल, र १०७ केजी नुन नगरमा जम्मा गरेको छ । इन्टरनेट प्रदायक संस्था दमकको युनिफाइड कम्युनिकेशन प्रा.लि.ले ३०० केजी चालम, २५ केजी दाल, १०  लिटर तेल , २० केजी नुन, २० साथ साबुन र ५ केजी न्युटेला नगरको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा जम्मा गरेको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *