Sajhamanch Archive

कमल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १९ लाख ६३ हजार बढी संकलन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोषमा आईतवारसम्ममा कमल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १९ लाख ६३ हजार रुयैया भन्दा बढी संकलन भएको छ ।

कोषमा गाउँपालिकाका तर्फबाट छुट्याइएको १० लाख र दाताहरुवाट जम्मा भएको ९ लाख ६३ हजार ६८५रुपैया गरी जम्मा १९ लाख ६३ हजार ६८५ रुपैया जम्मा भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासले जानकारी दिए ।

कोषमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) कमल गाउँपालिकाको तर्फबाट अध्यक्ष बदीराम राईले एक कार्यक्रमका बीच १ लाख ५० हजार रुयैयाँको चेक गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गरेका थिए । हाल कमल गाउँपालिकामा १९ वटा सस्थागत विध्यालय सन्चालनमा रहेका छन् ।

त्यसैगरी नवोदय वहुउद्देश्यीय सहकारी सस्था कमल ३ बाट संचालक समिती र लेखा समितीको १ दिनको बैठक भत्ता र कर्मचारीको एक दिनको तलव गरी १ लाख रुपैयाको चेक संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले अध्यक्ष काफ्लेलाई प्रदान गरे । त्यसैगरी सस्थाले जिल्लाका १५ वटै स्थानीयतह मध्ये आफ्नो शाखा रहेको पालिकामा २५ हजार रुपैया र सेवाकेन्द्र रहेका पालिकालाई १० हजार रुपैयाका दरले सहयोग गर्ने संस्था व्यावस्थाप फणिन्द्र कार्कीले जानकारी दिए ।
त्यसैगरी हाम्रो टोलविकस सस्था बोहोरा टोलका तर्फबाट संस्थाका अध्यक्ष गोपाल बोहोराले १५ हजार र जागरुक कृषि सहकारी सस्थाका तर्फबाट अध्यक्ष कमल घिमिरेले १० हजार रुयैयाको चेक गाउँपालिका अध्यक्ष काफ्लेलाई प्रदान गरेका छन् ।

त्यसैगरी उद्यमशिल महिला जागरण केन्द्र कमल गाउँपालिकाले एक कार्यक्रमका बीच चुलाचुली गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन समितीको कोषमा जम्माहुनेगरी केन्द्रकी अध्यक्ष शान्ता दाहालले चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईलाई १० हजार रुपैयाको चेक प्रदान गरेकी छिन् । चुलचचुली गाउँपालिकामा यो समाचार तयार पार्दासम्म ९ लाख ५० हजार रुपेया विपद् व्यवस्थापन कोषमा जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *