Sajhamanch Archive

८६ वर्षीय बृद्धाले गरिन् कोरोना भाइरस रोकथाम कोषमा सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा एक ८६ वर्षीय बृद्धाले सहयोग रकम जम्मा गरेकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. १० की ८६ वर्षीय मनमाया रायाले नगद १० हजार जम्मा गरेकी हुन् । उनले स्थानीय पुष्पराज पौडेल मार्फत नगरमा रकम जम्मा गरेकी नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनले विपन्न परिवारको चुलो बल्ल छोडेपछि आफुले पनि सरकारलाई सहयोग गरेको बृद्धा रायाले बताइन् । बुहारीबाट यस्तो बेला सरकारलाई सहयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएपछि आफुसँग भएको १० हजार रुपैया सहयोग गरेकी हुँ उनले भनिन् ।

यता शिवसताक्षी नगरपालिका वडा नं. १० रेडरोज इंग्लिस बोर्डिङले पनि नगरको कोषमा १० हजार जम्मा गरेको छ ।
वडा नं. १० को वडा कार्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज संग्रौला र शिक्षक केशव ढकालले राहत कोष स्थापना तथा व्यवस्थापन समन्वय समितिका सदस्य समेत रहेका वडा अध्यक्ष कर्णवहादुर थापालाई उक्त नगद प्रदान गरेका हुन् ।

लकडाउनले विद्यालय बन्द भएर अभिभावकबाट आर्थिक संकलन नभएको बेलामा मजदुरका लागि राहत प्रदान गरिएको विद्यालयका प्रिन्सीपल दिगम पराजुलीले बताए ।

नगरपालिकाले विभिन्न संघ संस्था, उद्योगी, व्यापारीलाई राहतका लागि आवहान गरेसँगै नगरकोष नगद तथा जिन्सी जम्मा हुन थालेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *