Sajhamanch Archive

दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी

Published: in राष्ट्रिय समाचार, समाज by .

दमक । झापाको दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ । अन्तराष्ट्रिय आप्रवास संगठन (आइओएम)को दमकमा रहेको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको हो ।

दमक नगरपालिकाका अनुसार शंकास्पद बिरामीको नमूना परीक्षणका लागि सहज बनाउनका लागि आइओएमसँग आग्रह गरिएको छ । अहिले अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य, न्युजिल्यान्ड सहितका मुलुक जान चाहनेका लागि आइओएमले स्वास्थ परीक्षण गर्ने गरेको छ ।

अत्याधुनिक प्रयोगशाला भएको कारणले सहज हुने अपेक्षा गरिएको दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले बताए । अहिले दमकमा ५ जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् , बिदेशबाट आएकाहरु सम्पर्कमा रहेको उनले बताए । अहिले प्रदेश १ को विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै कोरोना भाईरसको परीक्षण हुदैआएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *