Sajhamanch Archive

मलेरिया रोग निवारणको नयाँ औषधि टाफेनोक्वाइन पत्ता

Published: in स्वास्थ्य by .

काठमाडौं । ६० वर्षपछि पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ ।

अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् ।

नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले बताएका छन् ।

बल्झिरहने मलेरियाले विश्वमा बर्सेनि ८५ लाख मानिसलाई सताउने गरेको उनीहरुले बताएका छन् । वैज्ञानिकले यो औषधिलाई ठूलो उपलब्धि भनेका छन् ।

यो औषधि विश्वभरका बिरामीलाई दिन सकिने विकल्प तयार भएको अधिकारीले बताएका छन् ।
अहिले बजारमा उपलब्ध प्राइमाक्विन भनिने औषधि बिरामीले १४ दिनसम्म लिनु पर्ने हुन्छ । तर त्यो लिएपछि पनि औलो रोग बल्झिने गरेको भन्दै विज्ञहरूले चिन्ता जनाएका थिए ।

विज्ञहरूले नयाँ औषधि प्रभावकारी छ तर ग्रन्थीको समस्या र मानसिक रोग भएका बिरामीलाई टाफेनोक्वाइनले साइड इफेक्ट अर्थात् नकारात्मक असर पु¥याउन सक्ने बताएका छन् ।

-उज्यालो खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *