Sajhamanch Archive

कोरोना विरुद्धको अभियानमा सहकारीहरुको साथ

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

शिवसताक्षी । कोरोना भाइरसले विपत्ती नित्याएपछि सहकारी संस्थाहरुले स्थानीयतहले स्थापना गरेको कोषमा सहयोग रकम हस्तान्तरण गर्न थालेका छ ।

शिवसताक्षी नगरपालिकाले कोरोना भाइरस प्रकाप रोकथामका लागि स्थापना गरेको कोषमा नगरभित्र कायक्षेत्र बनाएर कार्यरत सहकारी संस्थाहरुले सहयोग रकम जम्मा गरेका हुन् । शिवसताक्षी नगरपालिका वडा नं. ११ मा दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले नगरको कोषमा ५० हजार १ सय रकम बराबरको चेक हस्तान्तरण गरेको छ ।

 

संस्थाका अध्यक्ष नारायणप्रसाद बजगांई, सञ्चालन समिति सदस्य डिल्लीरमण खतिवडा र संस्थाका लेखापालन लोकेश खनालले नगरप्रमुख चन्द्रकुमार शेर्मालाई चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणका क्रममा अध्यक्ष बजगाईँले विश्व व्यापीरुपमा फैलिदै गएको कोरोना भाइरसले निम्त्याएको महामारीमा नगरबासीलाई सुरक्षित राख्नका लागि संस्थाले सहयोग गरेको बताए । उनले समाज रुपान्तरण देखि समाजलेमा सामाना गर्ने हरेक विपत्तीमा सहकारी संस्थाहरुले कुनै कुनै रुपमा भूमिका खेल्दै आएको जानकारी दिए ।

त्यस्तै नगरको कोषमा धरमपुर बचत तथा ऋण सहकारी संस्थाले पनि ६० हजार सहयोग रकम जम्मा गरेको छ । संस्थाका अध्यक्ष दिपककुमार श्रेष्ठ, उपाध्यक्ष कुमार शंकर, सञ्चालक समिति सदस्य देवराज राई संस्थाका व्यवस्थापक विनोद ढकालले नगरप्रमुख शेर्मालाई ६० हजार रकम हस्तान्तरण गरेका छन् ।

त्यस्तै गरी सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, नवोदय बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी शाखाले २५ हजार, जीवन विकास समाज लघुवित्त संस्था धरमपुर ५० हजार सहयोग रकम जम्मा गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *