Sajhamanch Archive

विपद व्यवस्थापन कोषमा झापा उद्योग संघ र रोटरीको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाजिल्ला उद्योग संघ र रोटरी क्लव अफ भद्रपुरले सहयोग गरेको छ ।

भद्रपुर क्षेत्रका विपन्न परिवारलाई राहत उपलब्ध गराउन भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा झापा उद्याग संघले एक लाख रुपैयाँ नगद सहयोग गरेको छ भने रोटरी क्लव अफ भद्रपुरले एक लाख मूल्य बराबरकै चामल सहयोग गरेको छ । रोटरीले २२५० केजी चामल सहयोग गरेको हो ।

मंगलबार झापा उद्योग संघ तथा रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकालले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठलाई नगद तथा खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा गर्दा झापा उद्योग संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठलगायत भद्रपुर क्षेत्रका उद्योगी एवम् रोटरी क्लव अफ भद्रपुरमा आबद्ध रोटरियनहरुको उपस्थिति थियो ।

लकडाउनले दैनिक ज्यालादारी गर्ने मजदूर र अत्यन्त विपन्न परिवारमा खानेकुराकै समस्या उत्पन्न भएकोले पहिलो चरणमा राहत वितरण गरिएको जानकारी दिँदै लकडाउन लम्बिएकोले दोस्रो चरणमा पनि राहत वितरण गर्नुपर्ने आवश्यकता देखिएकोले उद्योग संघ र रोटरीले गरेको सहयोगले राहत वितरणमा सहजता थपिदिएको उल्लेख गरे ।

नगरप्रमुख श्रेष्ठले राहत वितरण दोहोरिन सक्ने सम्भावना भएकोले एकद्वार प्रणालीबाट वितरणको व्यवस्था गर्न लागिएको बताउँदै सहयोग गर्न चाहनेले नगरपालिकासँग समन्वय गर्न पनि आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *