Sajhamanch Archive

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आक्रोसित भिडले जालए टिपर

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–७ का ५७ वर्षीय जितबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। घटना घटे लगतै आक्रोशित भिडले टिपरमा आगो लगाएको र टिपर पूर्ण रुपमा जल्नुका साथै भिडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत क्षति पुर्‍याएका छन्।

प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो। प्रहरीका अनुसार टिपर र चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने वर्ष २९ का सुधन श्रेष्ठ तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *