Sajhamanch Archive

अमेरिकामा एकै दिन १९ सयले ज्यान गुमाए, विश्वमा १५ लाख बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । अमेरिकामा तीव्र रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय मानिसले ज्यान गुमाएका छन।

अमेरिककाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ९७ को मृत्यु भएको हो। त्यहाँ थप २९ हजार ९ सय ३६ नयाँ बिरामी फेला परेका छन्। त्यहाँ संक्रमितको संख्या ४ लाख ३० हजार पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ३८ पुगेको छ। अमेरिका पछि स्पेनमा मृततको संख्या बढेको छ। स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ भने विगत २४ घण्टामा ७ सय ४७ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार भन्दा माथि छ।

त्यस्तै, इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या भने इटालीमा सर्वाधिक छ। त्यहाँ १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन्। २६ हजार ४ सय ९१ जना उपचारपछि निको भइसकेका छन् फ्रान्समा पनि कोरोना संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन्। त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै २१ हजार उपचारपछि निको भएका छन्। अर्को देश जर्मनीमा पनि संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार २ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, २ लाख ३ सय ४९ जनाले ज्यान गुमाइसकेका छन्। ४६ हजार ३ सय निको भएका छन्।

विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ। बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *