Sajhamanch Archive

ज्यालासहित घर जान नपाएपछि आन्दोलनमा उत्रिए भारतीय मजदुर

Published: in राष्ट्रिय समाचार, समाज by .

नयाँदिल्ली । भारतको गुजरातस्थित सुरत सहरमा कामको ज्याला माग्दै प्रदर्शन गर्ने कामदारहरु पक्राउ परेका छन् ।

८० जना कामदारहरुले थुप्रै सरकारी सवारी साधन सहित तरकारी बोक्ने गाडीमा आगजनी गरिदिएका थिए । उनीहरुमध्ये अधिकांश ओडिसाका आप्रबासी कामदारहरु छन् । जसले घर फर्कन पाउनुपर्ने माग गर्दैआएका थिए ।

लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले ८० जना कामदारलाई पक्राउ गरेको हो । सुरतमा यसरी आन्दोलन भएको यो दोस्रो घटना हो । यसअघि मार्च ३० मा पनि ९० जना भन्दा धेरै मजदुरले लकडाउन उल्लंघन गर्दै आन्दोलन उत्रिएका थिए ।

भरतका अधिकांश सहरमा लकडाउन लगाइएपछि दैनिक ज्यालादारी गर्ने मजदुरले ज्याला पाएका छैनन् । सुरतमा ठूलो संख्यामा आप्रबासी कामदारहरु छन् । स्थानीय अधिकारी सिके पटेलका अनुसार सयौंको संख्यामा मजदुरहरु घर फर्कन पाउनुपर्ने माग गर्दै सडकमा उत्रिएका हुन् । भरतको गुजरातमा अप्रिल ११ सम्ममा ३ सय ८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । साथै १९ जनाको मृत्यु भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *