Sajhamanch Archive

आइसुलेसनबाट दुईजना भागे

Published: in राष्ट्रिय समाचार by .

डडेल्धुरा । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसुलेसन वार्डमा भर्ना गरिएका दुईजना भागेका छन्। उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेका हुन्।

कोभिड-१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए। ‘तीन दिन अघि उहाँहरूलाई हामीले आइसुलेसन वार्डमा भर्ना गरेका थियौँ। अस्ति मात्रै उहाँकोहरूको नमुना संकलन गरेर काठमाडौं पठाइएका थियो। उनले भने, ‘दिउँसोसम्म यतै हुनुहुन्थ्यो। पछि हेर्दा अस्पतालमा भेटिएनन्।’

निमित्त मेसु विष्टका अनुसार दुबै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो। अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ। गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा–छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ। ‘उनीहरूको खोजी कार्य तीव्र पारेका छौँ। मोबाइल पनि अफ गरेका छन् उनीहरूले।’ अध्यक्ष भट्टले भनिन्, ‘घरमा पनि आएका छैनन् रे। हामी खोज्दैछौँ।’ उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *