Sajhamanch Archive

विपन्न परिवारका लागि तोपगाछी खानेपानीको सहयोग

Published: in राष्ट्रिय समाचार by .

कमल । विश्वव्यापि रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोषमा सहयोग प्राप्त भएको छ ।

आज तोपगाछी खानेपानी तथा सरसफाई उपभाक्ता समितीका स्किम नम्वर १ अमलडाँगीको तर्फबाट १ लाख रुपैयाको चेक एक हस्तान्तरण गरिएको छ । उपभाक्ता समितीका अध्यक्ष सुर्यप्रसाद लिम्बुले कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

समितीले लकडाउनका कारण उपभोक्तालाई आर्थिक समस्या परेको भन्दै २०७६ साल चैत १ गते देखि २०७७ असार मसान्त सम्मको खानेपानीको विल भुक्तानीमा ढिलो भएपनि जरिमाना छुट गर्ने, खानेपानीका उपभोक्ताको नियमित रुपमा मिटर रिडिङ्ग गर्ने तर महशुल स्थितीमा सुधार आएपछि मात्र बुझ्ने निर्णय गरिएको सस्थाका व्यावस्थापक चन्द्रकुमार पोख्रेलले जानकारी दिए ।

वि.सं. २०५९ सालबाट सन्चालनमा आएको खानेपानी आयोजनामा हाल ८ सय ३२ जना उपभोक्ता रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *