Sajhamanch Archive

कोरोनाको त्राससँगै फोहोर पानीको त्रासमा कारागार आसपासका बासिन्दा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । विश्व कोभिड १९ कोरोना भाइरसको आतङ्मा त्रसित भइरहेको छ । अधिकाम्स मानिस भाइरस संक्रमणबाट कसरी जोगिने हो ? भन्ने चिन्तामा छन् तर झापा कारागार आसपासका स्थानीय बासिन्दा भने फोहोर पानीबाट कसरी ज्यान जोगाउने भन्ने चिन्तामै दिन बिताइ रहेका छन् ।

यस कारागारबाट उत्पन्न हुने फोहोर जन्य विषक्त किटाणु बोकेर बग्ने पानीले विभिन्न संक्रामक रोग फैलने त्रास कोरोना संक्रमण भन्दा कम्जोर छैन । कारागार पूर्वपट्टिका बासिन्दा कारागारबाट निस्कने फोहोजन्य पानीको पीडाबाट वर्षैंयता ग्रसित छन् । समस्यै समस्याको भूमरीमा झापा कारागार जकडिएको छ । कतै स्थानीयको समस्या त कतै कैदी बन्दीको पीँडा भएर झापा कारागार समस्याको भूमरीमा जकडिएको हो । ३ सय ५० जना क्षमता भएको यस कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित बाल बालिका छन् ।

महिला कैदी बन्दी त सहज बस्न सक्ने अवस्थामा छन् तर, पुरूष कैदी बन्दी सजिलै बस्न सक्ने अवस्थामा समेत रहेका छैनन् । कोभिड १९ को महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै कैदीबन्दीले पाउँदै आएको दैनिक ६० रुपैयाँ रोकएपछि कैदीबन्दीले आर्थिक समस्यामा गुजारा गरिरहेका छन् । एकातिर कोरोना भाइरस जन्य रोग सर्ने त्रास त अर्कातिर उनीहरूबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिशापिसाव व्यवस्थापनको निकास दिने ढल नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जन बढी घर परिवार प्रत्यक्ष असर व्यहोर्न वाध्य छन् ।

यस बेला देश लकडाउनमा छ । जो जहाँ छ त्यो त्यहीँ रहनु पर्ने बाध्यता छ तर कारागारको फोहोर पानी बग्ने ढलको उचित प्रवन्ध नभएका कारण त्यहाबाट दैनिक उत्पादित हजारौं लिटर फोहोर पानी पूर्वपट्टि पसेर बस्तीलाई असर गरिरहेको पीडा कमजोर भावना होइन । दुई दशकयता कारागारको अस्त व्यस्त फोहोर उचित व्यवस्थापनको माग गर्दै आएका पीँडित स्थानीयले न्यायोचित समाधानको बाटो नपाएको गुनासो गरिरहेका छन् । गर्मी महिना सुरू भएसँगै त्यस फोहोले झापाको सदरमुकाम आसपासका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर गर्न थालेको छ । कारागारबाट उत्पन्न हुने दिसाजन्य फोहोर पानीलाई व्यवस्थापन गर्न कारागार प्रशासनले गएको आर्थिक वर्षमा उत्तरपट्टि एउटा शोष ट्याङ्की निर्माण गरेको छ । तर, स्थानीय सो ट्याङ्कीले मात्र फोहोर पानी रोक्न नसकेकोले सहजै बग्ने ढल निर्माण नभएसम्म समस्या हल नहुने बताउँछन् । शौचालयको शौच मिसिएको पानी केही हदसम्म रोकिए पनि कारागारको फोहोरले स्थानीयलाई सताउन छोडेको छैन । पूर्वपट्टि रहेका दर्जन बढी घरहरू फोहोर पानीबाट वर्षभरी नै डुबिरहेका हुन्छन् । त्यस आसपाको जमिनमा खेती बाली लगाउन नसकिने अवस्था छ । यस पीडाबाट मुक्त हुन स्थानीयले दशक लामो संघर्ष गरे पनि समस्या जिउँकातिहँु जीवित छ । कोरोनाको कहर त कुनै दिन शान्त होला तर, फोहोर व्यवस्थापन यस वर्ष पनि हुन नसक्ने देखिएपछि स्थानीयको पिरोलो जस्ताको त्यस्तै रहने भो ।

सदरमुकाम समेत रहेको नेपाल कै पुरानो नगर भद्रपुर नगरपालिका भित्र रहेको जिल्ला कारागार झापाबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्न सरकारी संयन्त्र असफल हुँदा आसपासका बासिन्दाको स्वास्थ्यमाथि चुनौति बढेको छ । १५ वर्षयता स्थानीयले कारागार प्रशासनलाई फोहोर व्यवस्थापन गर्न दवाव दिँदै आएको भए पनि जिम्मेवार निकायले सुनुवाइ नगर्दा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयको जनजीवन दिसाजन्य बस्तुबाट विभिन्न सरुवा रोग र प्रदुर्षणले कष्टकर बन्दै गएको हो । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिमको त्राससित कारागारको दुर्गन्ध रूमल्लिएपछि पीडित स्थानीय चिन्ताको भारी बोक्न बाध्य छन् ।

दैनिक उत्पादन हुने फोहोर व्यवस्थापनका लागि भौतिक संरचना निर्माण गर्न कारागार विभागसँंग माग गरेको रकमले फोहोरको उचित व्यवस्थापन गर्न पहिलो चरणमा शोष ट्याङ्की निर्माण भएको कारागार प्रशासनको भनाइ छ । यो अस्थायी समाधान भए पनि स्थायी समाधानका लागि सहजै बग्ने ढल निर्माण नै विकल्प भएको बुझाइ प्रशासनको पनि रहेको छ । कारागारबाट दैनिक पाँच हजार लिटर फोहोर पानी निस्कने गरेको छ । यसैगरी मलमूत्रको हिसाव नै नभएको स्वीकार गर्ने कारागार प्रशासनले उचित पहल नगरेको पीँडित स्थानीय नागरिकको गुनासो रहेको छ । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने माग स्थानीय समुदायले गर्न थालेको १५ वर्ष वितिसक्यो । यस अवधिमा कारागारको उत्तरतिर एउटा शोष ट्याङ्की त निर्माण भयो तर पनि बस्तीतिर बग्ने फोहोर पानी रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित स्थानीय भिष्मराज भट्टराईले गुनासो पोखे । उनका अनुसार भद्रपुर नगरपालिका खुला दिसामुक्त कसरी भयो ? कारागारको मलमुत्र पूर्वपट्टिको बस्ती तथा खेतवारीमा छरपष्ट हुने गरेको छ । के खुला दिसामुक्त यही हो ? भट्टराईले प्रतिप्रश्न गरे ।

कारागार आसपास क्षेत्रमा फोहोर पानी र दिसाजन्य फोहोर बढीदुर्गन्ध भएर हिउँदमा निकै फैलिने गरेको छ । कारागार भित्रको फोहार पानी त्यँही वरिपरि बग्ने भएकोले संधै दुर्गन्ध र फोहोरसंँग लुकामारी गर्नुृ पर्ने बाध्यता रहेकोले स्वास्थ्यमा समस्या आउने गरेको पीँडितहरूको दुखेसो छ । उनीहरूका अनुसार सो क्षेत्रमा फोहोरका कारण खेती बाली लगाउन सक्ने अवस्था अझैसम्म नरहँदा बिघौं जमिन बाँझिएको वर्षौं भएको छ ।

स्वच्छ वातावरणमा जीवनयापन गर्ने हाम्रो अधिकारलाई जिल्ला कारागारबाट निस्कने तथा उत्पादन हुने फोहोरले अतिक्रमण गरेको भन्दै पीँडितहरू यसलाई समयमै ध्यान दिएर जिम्मेवार निकायले रोक्न नसकेको आरोप लगाउँछन् । नागरिकको जीवन संकटमा पार्ने दिसाजन्य फोहोर व्यवस्थापन नगरी स्वच्छ वातावरणमा बाच्न पाउाने अधिकार हनन् भइरहने पीँडित स्थानीयको आरोप छ । भद्रपुर नगरपालिका ९ नम्बर वडामा रहेको जिल्ला कारागारबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाव व्यवस्थापनका लागि निकास दिने ढल नभएका कारण दुई दर्जन बढी घर परिवार प्रत्यक्ष डुवानमा परेका भए पनि कारागारको फोहोरजन्य पानीको अस्त व्यस्तताले झापाको सदरमुकाम आसपासका नागरिकमा स्वास्थ्यप्रति नकारात्मक असर परिरहेकोे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *