Sajhamanch Archive

सुर्योदय नगरपालिकालाई सहाराको सहयोग

Published: in राष्ट्रिय समाचार, समाज by .

इलाम । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड झापाले लक डाउनका कारण खाद्यान्य अभाव झेलिरहेका विपन्न नागरिकलाई दिनेगरि आज इलामको सुर्योदय नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

सहकारीको फिक्कल सेवा केन्द्र प्रमुख कल्पना ढुङ्गानाले नगर प्रमुख रणबहादुर राई र उप प्रमुख दुर्गादेवी भट्टराईलाई सो सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

पूर्वका ६ जिल्ला कार्य क्षेत्र भएको सो सहकारी संस्थाले कार्य क्षेत्र भरीका ७० बटै स्थानीय तहमा आर्थिक सहयोग गर्ने गरि ५० लाखको राहत प्याकेज घोषणा गरि हस्तान्तरण गरिरहेको छ ।

कोरोना भाइरसको प्रकोप फैलिन नदिन राज्यले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *