Sajhamanch Archive

विर्तामोड नगरपालिकाको राहत कोषमा नेपाली कांग्रेसको सहयोग

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । विपन्नको राहतका लागि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोषमा राजनीतिक दलहरुले पनि सहयोग गरिरहेका छन् । बिहीवार नेपाली काङ्ग्रेस नगर समिति बिर्तामोडले कोषमा सहयोग गरेको छ । नगर समितिका तर्फबाट सङ्कलन भएको तीन लाख ५७ हजार पाँच सय पाँच रुपैयाँ बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

काङ्ग्रेसका नेताहरुले नगरपालिका कार्यालय पुगेर नगर प्रमुख ध्रुवकुमार सिवाकोटी र उपप्रमुख पवित्रा महतारालाई उक्त रकम हस्तान्तरण गरेको छन् । नगर सभापति भोजराज सिटौला, जिल्ला सदस्य जलकुमार गुरुङ र पार्वता गिरी, लगायतले नगरपालिकालाई रकम हस्तान्तरण गरेका हुन् ।

विपदका बेला काङ्ग्रेस नगर समितिले गरेको सहयोग महत्वपूर्ण भएको बताउँदै ‘यो बेला तपाईहरुको सहयोग झन् धेरै महत्वपूर्ण छ’, नगर प्रमुख सिवाकोटीले भने, ‘सबैको साझा सहयोगले कोरोनाविरुद्धको अभियानमा सहयोग पुग्छ ।’

कोरोनाको सङ्क्रमण फैलिन नदिन सरकारले लक डाउन गरेपछि समस्यामा परेका विपन्न परिवारको राहतका लागि काङ्ग्रेस नगर समितिका तर्फबाट रकम हस्तान्तरण गरिएको नगर सभापति सिटौलाले बताए । यस अधि नेकपा ले सहयोग गरिसकेको छ ।कोषमा संघ,सस्था,सहकारी र विभिन्न ब्यक्तिगत रुपमा पनि सहयोग जुड्दै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *