Sajhamanch Archive

डाक्टर र प्रहरी कुट्नेसँग रिसाए सलमान

Published: in टिप्स/जानकारी, लोकप्रिय by .

नायक सलमान खान लकडाउनका कारण आफ्नो पार्म हाउसमा छन् । सलमान पार्म हाउसमै रहेपनि उनले समय(समयमा भिडियो सन्देशमार्फत जनतालाई सजग भने बनाइरहेका छन् ।

अर्कोतिर, सलमानले बलिउडमा काम गर्ने २५ हजार मजदुरलाई ६र६ हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

उनै, सलमानले सार्वजनिक गरेको नयाँ भिडियोमा उनी रिसाएका देखिन्छन् । उनी रिसाउनुको कारण, मानिसहरु घर बाहिर निस्किएर रोग फैलाएकोमा हो ।

सलमानले, डाक्टर र प्रहरीमाथि ढुंगा हान्नेहरूलाई चेतावनी दिँदै आफू र परिवारको जीवन खतरामा नपार्न पनि भनेका छन् ।

सलमानले भनेका छन्–‘सरकारले दिएको आदेश कडा रुपमा पालना गरेर चीन खराब समयबाट बाहिर आइसकेको छ । भारतमा भने केही यस्ता मान्छेहरुका कारण भाइरस दिनानुदिन बढिरहेको छ । आफू र परिवारलाई एकसाथ देख्न चाहनुहुन्छ भने घर भित्रै बस्नुहोस् ।’

सलमानले घर बाहिर ननिस्कने हो भने पुलिसले लाठी पनि नहान्ने भन्दै, ‘के मानिस पिटेर पुलिसलाई मनोजञ्जन हुन्छ भन्ने सोच्नुभएको छ ?’ भनेर प्रश्न गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *