Sajhamanch Archive

रोटरीले दियो मेची अस्पताललाई ६ थान उच्चस्तरीय पिपिई

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन झापाको भद्रपुरस्थित मेची अस्पताललाई रोटरी क्लवले ६ थान उच्च गुणस्तरीय पीपीई सेट प्रदान गरेको छ ।

स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ उपचार सेवामा लाग्न सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लव अफ विर्तामोड र रोटरी क्लव अफ भद्रपुरले आज संयुक्त रुपमा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरलाई पीपीई सेट हस्तान्तरण गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ ले उपलब्ध गराएको पिपिई सेट, १० लिटर स्यानिटाइजर र ५ सय थान सर्जिकल मास्क प्रदान गरिएको रोटरी क्लव अफ विर्तामोडका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराईले बताए ।

सामाजिक दूरीलाई कायम राख्दै मेची अस्पताल पुग्नुभएका रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, विर्तामोडकी अध्यक्ष निकिता गिरी, दुबै क्लवका पूर्व अध्यक्षहरु र वर्तमान कार्यसमितिका पदाधिकारीहरुले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।
वेलायतमा निर्मित पीपीई सेटमा गाउन, चश्मा, जुत्ता रहेको र एक सेटको मूल्य १७ हजारदेखि २५ हजारसम्म पर्ने रोटरी विर्तामोडकी अध्यक्ष गिरीले जानकारी दिए ।

सामाजिक सेवामा समर्पित रोटरीले हालको संकटको बेला विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री र विपन्न वर्गका मानिसलाई रहतका लागि स्थानीय तहहरुमार्फत खाद्यान्न र नगद सहयोग गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *