Sajhamanch Archive

नेपाली कांग्रेस शिवसताक्षीले दियो, सुरक्षाकर्मीका लागि स्वास्थ्य सामाग्री

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । नेपाली कांग्रेस नगर समितिले इलाका प्रहरी कार्यालय झिलझिले सुरक्षा कर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडानउन भएको अवस्था अग्रपंक्तिमा सुरक्षा दिने प्रहरीका लागि नेपाली कांग्रेस शिवसताक्षी नगरसमितिले स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

शनिबार नगर सभापति पर्शुराम ढुंगानाको नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज कोमल ठाकुरलाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

जसमा ५ सय एमएलको ५ थान सेनिटाइजर, ३ सय थान ग्लभ्स, ३० थान डिटोल साबुन, १ सय थान माक्स र ५० लिटर डिजल रहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति पर्शुराम ढँगाना, सह सभापति विनोद ढकाल, पूर्व क्षेत्रीय सभापति नारायणप्रसाद बजगाई, नगर उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई, वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल, वडा सभापति असोक बस्नेत, अग्नी दुलाल लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *