Sajhamanch Archive

शंकराचार्य हेमानन्द गिरीलाई नागरिक अभिनन्दन

Published: in समाज by .

सुरुङ्गा । नेपालकी प्रथम महिला अनन्त विभूषित जगत गुरु शंकराचार्य पशुपति पिठाधिस हेमानन्द गिरीलाई कनकाई नगरवासीले अभिनन्दन गरेका छन् ।

कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको आयोजनामा सोमवार धाम परिसरमा आयोजित विशेष कार्यक्रममा शंकाराचार्य गिरीलाई नागरिक अभिनन्दन गरीएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाई, कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष कोमलप्रसाद प्रसाई लगायत विभिन्न संघसंस्थाका तर्फवाट सम्मान पत्रका साथ दोसल्ला ओढाएर विशेष अभिनन्दन गरीएको हो ।

विश्व हिन्दु राज्यमा जम्मा चार जना शंकराचार्य हुने व्यवस्था छ । त्यस मध्येमा पहिलो महिला शंकराचार्य नेपालले प्राप्त गरेको हुनाले भगवानको अवतारका रुपमा शंकराचार्य गिरीलाई अभिनन्दन गरीएको कनकाई धाम धार्मिक विकास संस्थाका वरिष्ठ उपाध्यक्ष गंगाराम दहालले वताएका छन् ।

कनकाई नगरका क्रियाशिल संघसंस्थाहरु मध्ये कार्यक्रमको आयोजक कनकाई धाम धार्मिक विकास ंसंस्था साथै लायन्स क्लव अफ कनकाई सुरुङ्गा, कनकाई सामुदायिक वन, महिला वातावरण संरक्षण समूह कनकाई लगायतका संघसंस्थाहरुले अभिनन्दन गरेका हुन् । अभिनन्दन ग्रहण गर्दै शंकराचार्य गिरीले आफु सधैं नेपालमा नै वसेर नेपाली भूमिमा काम गर्न चाहेको विचार राख्दै आध्यात्मिक क्षेत्रसँगै सामाजिक गतिविधीमा सक्रिय रहने वताएकी छिन ।

मुलुक अहिले धर्मका कारण अस्तव्यस्त वन्दै गएकाले धर्म परिवर्तनका नाममा आएको विकृती र विसंगतिको अन्त्य हुनु पर्नेमा जोड दिँदै शंकराचार्य गिरीले नेपालको पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म धार्मिक रथयात्रा गर्न चाहेको वताएकी छन् । मातृशक्तिको पूजा हुने गरेको तपोभूमि हिन्दु राष्ट्र नेपालको पशुपति नाथमा वृहत रुद्राभिषेक गर्न आवश्यक रहेको भन्दै शंकराचार्य गिरीले यस महान कार्यका लागि राज्यवाट सहयोगको अपेक्षा राखेको वताएकी छन् । कार्यक्रममा सम्वोधन गर्दै कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले हिन्दु राष्ट्र नेपालमा विभिन्न क्षेत्रवाट भएको आक्रमणलाई न्युनिकरण गर्दै बन्धुत्वको भावना विकास गर्न नेपालकी महामण्डलेश्वर महिला हेमानन्द गिरीको नेतृत्वदायी भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

नकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष कोमलप्रसाद प्रसाईँँँको सभापतित्व रहेको कार्यक्रमा स्थानिय कलाकार माधव भेट्वालले स्वागत नृत्य गरेका थिए । कनकाई माविका प्रधानाध्यापक निर्मल खतिवडा, अग्रज महिला लक्ष्मी कोइरालाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ लगायत स्थानिय जनप्रतिनिधीहरु, राजनितिक दलका प्रतिनिधीहरु, विभिन्न धार्मिक, शैक्षिक, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको वाक्लो उपस्थिती रहेको थियो । स्थानिय युवा समाजसेवी लिलाप्रसाद चिमरीयाले संयोजन गरेको नागरिक अभिनन्दन समारोहमा धामका धार्मिक उपाध्यक्ष नारायण पोखरेलले सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन महासचिव श्याम पौडेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *