उदयपुरमा संक्रमितसँगै बसेका एक सुनसरी आएर लुकेको अवस्थामा फेला
Published:
by .
काठमाडौं । कोरोना भाइरसको संक्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् ।
कोरोना सङ्क्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ का ४६ वर्षीय एक जना रहेको नेपाल मुस्लिम संद्द प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए ।
संक्रमित समूहसँगै १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ । घरमा लुकेर बसेको गाउँलेले सूचना दिएपछि प्रहरीसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनका लागि विराटनगर पठाएको हो ।
Comments