Sajhamanch Archive

सतासीधाम जेसीजले गर्यो, राष्ट्रव्यापी जेसीजकर्मी बीच ‘अनलाइन भिडियो कन्फरेन्स तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । लकडाउनको समयमा प्रविधिको गर्दै सतासीधाम जेसीजले अनलाइन भिडियो कन्फरेन्स तालिम गरेको छ ।

शिवसताक्षीमा रहेको सतासीधाम जेसीजको होष्ट व्यवस्थापन र झापाका १४ वटा जेसीज शाखाको सहकार्यसहित नेपाल जेसीजको आयोजनामा एक दिवसीय अनलाइन भिडियो कन्फरेन्स तालिम दिएको हो ।

लगातारको लकडाउनसँगै प्रविधिको उच्चतम् प्रयोग गरेर देशभरी रहेका जेसीजकर्मीहरुबीच आ–आफ्ना अनुभवसहित बिचारहरु आदान–प्रदान गर्ने उदेश्यले अनलाइन भिडियो कन्फरेन्स मार्फत तालिम गरिएको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कुमारसिं साँवाले जानकारी दिए ।

‘हाम्रो सहकार्य, हाम्रो आव्हान । लकडाउनलाई पूर्ण पालना गरौं, सरकारलाई सहयोग गरौं । घरमै बसी “ जुम एप्पस्” मा भेटौं, सुरक्षित रहौं । कोभिड–१९ को संक्रमण प्रकोपबाट बचौैं, बचाऔं । नलाइन तालिममा सहभागी बनाऔं ।
लकडाउनको अवधीको सहि सदुपयोग गरौं । बन्धुत्व विस्तार गरौं, ज्ञान आर्जन गरौं ।

जेसीज आस्थालाई आत्मासात् गरौं , भन्ने नाराका साथ राष्ट्रियख्याती प्राप्त एनएलपी ट्रेनर तथा माइन्ड म्यापिङ्ग कोच राजा बाबु साहको मुख्य सहजीकरणमा संचालित अनलाइन भिडियो कन्फरेन्स  तालिममा १७२ जना सतासीधाम जेसीज लगायत झापाका १४ जेसीज शाखाका साथै देशका विभिन्न जेसीज शाखाका अध्यक्ष तथा पदाधिकारी, कार्यक्रम संयोजक एवम् सदस्यहरुको सहभागीता रहेको थियो।

अनलाइन भिडियो कन्फरेन्स तालिममा सहभागीहरुलाई अनलाइन स्वागत सतासीधाम वर्ष २०२० का तालिम संयोजक जेसी अशोक बस्नेतले गरेको तालिमको होस्ट व्यवस्थापन तथा संचालन सतासीधाम जेसीज वर्ष २०२० का अध्यक्ष जेसी कुमारसिंह साँबा लिम्बुले गरेका थिए । प्राविधिक व्यवस्थापन सतासीधाम जेसीज वर्ष २०२० का महासचिव जेसी विवेक ढकाल तथा सुचना प्रविधि संयोजक जेसी सागर आङदेम्बे गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *