Sajhamanch Archive

बहुमतको दम् नदेखाउः प्रकाशमान सिंह

Published: (Updated: ) in राजनीति, विविधा by .

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सत्तापक्षलाई बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन डोटीले दिपायलमा सोमबार गरेको कार्यक्रममा बोल्दै सिंहले प्रधानमन्त्री ओलीलाई कांग्रेस एजेन्डाविहीन भयो भन्नुपूर्व एकपटक बिगत सम्झन आग्रह गर्दै ०४४ सालमा गणेशमान सिंहले बमपन्थीहरुको एकता गराएर बाममोर्चा बनाइदिएको सम्झन र प्रचण्डलाई कांग्रेस सकियो भन्नुपूर्व शान्ति प्रक्रियामा कसले ल्यायो ख्याल गरेर बोल्न सचेत गराएका छन् ।

आफूहरु अहिले जनमतको हिसाबले कमजोर भएको भएपनि कमजोर नठान्न आग्रह गरे ।

उनले जसले कांग्रेस सिधा्याउनु पर्छ भनेर लागे तिनीहरुको इतिहास समाप्त भएको कुरा सम्झन ओली र प्रचण्डलाई आग्रह गरे ।

राणा फाल्ने, पन्चायत ढाल्ने र राजतन्त्र समाप्तीको आन्दोलनको नेतृत्व कांग्रेसले गरेको हेक्का रहोस भन्दै यसपटक बहुमत पाउँदैमा फेरि चुनाव नै लड्न नपर्ने जसरी दम्म नदेखाउन समेत चेतावनी दिए ।

बहुमत जेसुकै गर्नका लागि नभइ बिधि र प्रक्रियामा शासन गर्न हो भन्ने कुरा ख्याल राख्न अपिल गर्दै बहुमतका आडमा संविधान उलंघनको बिषयलाई आफुहरुले अब सडक देखि सदन सम्म शसक्त रुपमा प्रतिबाद गर्ने सिंहले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले डोटी माथि न्याय हुन नसकेको बताए । नेता सिहले आज डडेलधुरा जाने क्रममा यहाँ पत्रकारहरु सित भेटघाट गरेका हुन ।

इमेजखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *