Sajhamanch Archive

गैर अवाशिय राष्ट्रिय समन्वय परिषद युएइले दियो,मेची अस्पताललाई २० थान पिपिई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बुधबारे । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले मेची अञ्चल अस्पताल भद्रपुरलाई २० थान पिपिई सेट उपलब्ध गराएको छ ।

देशमा रहेका मुख्य कोरोना परिक्षण हुने अस्पतालहरुमा पिपिइ बाँड्ने कार्यक्रम अनुरुप मंगलबार संघका महासचिव निश्चल दाहाल मार्फत मेची अंचलका लागि २० थान पिपिइ सुट वितरण गरेको बताइएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति गणेश पोख्रेल, भद्रपुर नगरपालिका वार्ड नं ८ र ५ का वडाध्यक्ष क्रमशः मनोज सुब्बा र बन्धु कार्की, कचनकवल वार्ड नं ६ का युवा नेता नारायण नेपाल र निर्मल दाहाल साथै भद्रपुरका समाजसेवी योगेन्द्र पौडेल आदिको उपस्थितिमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुर, वरिष्ठ फिजिसियन डा. गोविन्द कंडेल लाई पिपिइ हस्तान्तरण गरिएको थियो ।

पिपिइ हस्तान्तरणको क्रममा महासचिव दाहालले एनआरएन युएइ च्याप्टर यस विषम परिस्थितिमा युएइमा रहेका नेपालीको लागिमात्र नभएर नेपालमा रहेका सम्पूर्ण देशबासीका लागि पनि उत्तिकै जिम्मेवार भएर सहयोग गर्न तत्पर रहेको बताएका छन ।

यस अघि सेती अंचल अस्पताल धनगढी, भरतपुर हस्पिटल भरतपुर चितवन र नेपालगंज मेडिकल कलेज कोहलपुरमा क्रमशः २५ २५ र ३८ पिपिइ बाडी सकिएको महासचिव निश्चल दाहालले बताएका छन् । अब बुटवल हस्पिटल , बिराटनगर र विश्वेश्वर प्रसाद मेमोरियल हस्पिटल धरानमा पनि पिपिइ बाडिने कार्यक्रम रहेको बताइएको छ ।

महासचिव दाहालको संयोजन तथा सचिव ओमकार पोख्रेल, एमडि बोहोराको सहयोगमा स्थानीय सरकार र समाजसेवीहरुको रोहवरमा पिपिइहरु वितरण गरिएको बताउदै संघका अध्यक्ष प्रकाश कोइरालाले हामी बिदेशी भुमिमा रहे पनि नेपाल र नेपाली प्रतिको दायित्वबाट नपन्छिने भन्दै छाक काटेर भए पनि नेपालीका लागि सहयोग गर्न प्रतिबद्ध व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *