काठमाडौंबाट मजदुर बोकेर जाँदै गरेको बस दुर्घटना
Published:
by .
रामेछाप । मन्थलीमा मिनीबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। काठमाडौँबाट दोलखाको जफेका लागि छुटेको बा २ ख ६८१८ नम्बरको मिनीबस मन्थली नगरपालिका–६ कुनौरीमा बुधबार बिहान दुर्घटना भएको हो।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र केही घाइतेलाई काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामोछापले जनाएको छ। सामान्य घाइते भने उपचारपछि डिस्चार्ज भएका र बाँकी घाइतेको तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरीले बताएको छ।
गाडीमा बालबालिकासहित करिब ४० जना रहेको बताइएको छ । ब्रेक फेर भएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काठमाडौंमा रहेका मजदुरहरुलाई गाउँसम्म लाँदै गरेको बताइएको छ।
Comments