Sajhamanch Archive

नेपाली कांग्रेसले दियो, शिवगञ्ज र मंगलबारेका सुरक्षा कर्मीलाई स्वास्थ्य सामाग्री

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी नगरसमितिले इलाका प्रहरीका कार्यालय शिवगञ्ज र प्रहरी चौकी मंगलबारेलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कांग्रेसले शिवसताक्षी ६ र २ नं. वडा भएको प्रहरी कार्यालयमा कार्यरत सुरक्षा कर्मीको सम्वेदनशिलतालाई मध्य नगर गर्दै अग्र पंक्तीमा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेसले सेनिटाइजर, सर्जिकल माक्स, पञ्जालगायत २५ हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री नगर सभापति पर्शुराम ढुंगानाले प्रदान गरेका थिए ।

कोरोना भाइसरको संक्रमण रोकथामका लागि अग्र पंक्तिमा भएर काम गर्ने सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री अभाव देखिएपछि नगर समितिले उक्त सामाग्री प्रदान गरेको वडा सभापति असोक बस्नेतले बताए ।

कोरोना भाइरस संक्रमितको उपचारमा खटिने स्वास्थ्य कर्मीलाई मात्र सरकार तथा स्थानीयतहले स्वास्थ्य सामाग्री वितरण गरेको छ । अग्र पंक्तिमा रहेर काम गर्ने प्रहरीका लागि संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सामाग्री ज्यादै न्यन रहेको जानकारी पाएपछि पार्टीले सहयोग गरेको उनको भनाई छ ।

यस अघि नेपाली कांग्रेस नगर समितिले इलाका प्रहरी कार्यालय झिलझिलेमा पनि स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *