Sajhamanch Archive

सरकारको कार्यशैलीप्रति नेविसंघको विरोध

Published: in राष्ट्रिय समाचार by .

बुद्धशान्ति । वर्तमान सरकारले गरेको विभिन्न कार्यहरुप्रति तीव्र असन्तुष्टि जनाउँदै नेवि संघ बुद्धशान्तिले शुक्रबार बुधबारे चोकमा सांकेतिक विरोध गरेको छ ।

वर्तमान अवस्थामा सरकारले विश्वमा महामारीका रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणलाई कसरी रोक्ने तथा लकडाउनको समयमा खान लाउन अप्ठ्रो परिरहेका देशबासीहरुलाई कसरी सहज रुपमा राहत विरतरण गर्ने भन्ने विषयमा ध्यान नदिई सत्ता र शक्तिको दुरुपयोग गरेर दलिय अध्याधेश पारित गराएको विरोधमा नेवि संघ बुद्धशान्तिले सांकेतिक विरोध गरेको नेवि संघ बुद्धशान्तिका सभापति नरेश लावतीले बताएका छन्् ।

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले सोमबारको मन्त्री परिषदको बैठकमा अकास्मात राजनीतिक दल सम्बन्धी कानुन संशोधन अध्यादेश जारी गरी त्यसैदिन राष्ट्रपति समक्ष पठाएर स्वीकृत गराएका थिए ।

नेवि संघ केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार देशका सबै जिल्ला र स्थानीय तहहरुमा सामाजिक दुरी कायम गरेर विरोध तथा कोणसभाका कार्यक्रमहरु गर्नु भन्ने निर्देशन अनुसार बुद्धशान्तिमा पनि शान्तिपूर्ण ढंगमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

इलाका प्रहरी कार्यालय अगाडीबाट सुरु भएको ¥याली बुधबारे तल्लो चौकको बालुवाटारमा गएर कोण सभामा परिणत भएको थियो ।

जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल पौडेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कोण सभालाई सरकारले गरेको अमर्यादित कार्यको तीव्र आलोचना गर्दैैं सभापति लावतीले आफ्ना भनाइसहित अन्त्य गरेका थिए ।

विरोध कार्यक्रममा नेवि संघ बुद्धशान्ति उपसभापति दिनेश खतिवडा, कोषाध्यक्ष उमेश भट्टराई, मनकामना कलेज नेवि संघ इकाई उपसभापति सुजन भण्डारीको उपस्थिती रहेको थियो । साथै झापाका अन्य विभिन्न स्थानहरुमा समेत सांकेतिक विरोध गरेको नेवि संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए ।

सरकारले तोकेको लकडाउनको पूर्ण पालना गरी शान्तरुपमा विरोध कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *