Sajhamanch Archive

टाउकाको मूल्य तोकेको प्रचण्डले शासन गरेको कांग्रेसलाई असह्‍य भयो : ओली

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सडकबाट सरकारमाथि प्रहार गर्नुभन्दा निर्वाचनबाट परास्त गरेर सत्तामा आउन चुनौती दिएका छन्।

तत्लालिन नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी र नेकपा माओवादी केन्द्रको संगठन प्रेस सेन्टरले नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बराहीमा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई निर्वाचनबाट अपदस्त गर्ने कांग्रेसलाई चुनौती दिएका हुन्। उनले जनयुद्धका बेला संकटकाल लगाएर टाउकाको मूल्य तोकेको र अहिले तिनै टाउकाको मूल्य तोकेका व्यक्तिले शासन गर्न खोज्दा कांग्रेसलाई सहन गाह्रो भएको ओलीको आरोप थियो।

उनले भने, ुटाउको काटेर झोलामा ल्याउ ५० लाख लैजाउ भनेर भनेको मान्छेले शासन गरेको कसरी सहनु कांग्रेसलेरु प्रचण्डलाई जंगलबाट जिउँदो नआओस भन्ने चाहेको थियो ज्युँदै आएर शासन गर्न थाल्यो।ु

उनले भने, ुराजनीति, बलिदान बुझेर काम गर्दैछौँ। हामीले कांग्रेसलाई चुनावबाट अपदस्त गरेका हौँ। सक्छ भने कांग्रेसले हामीलाई चुनावबाट अपदस्त गरोस्।ु प्रधानमन्त्री ओलीले कांग्रेसले लोकतान्त्रिक प्रणाली भत्काउन चाहेको बताएका छन्।

ुकांग्रेस सामन्ती राजतन्त्र मान्ने तर जनताले चुनेको शासन नमान्ने यो कस्तो लोकतान्त्रिक पार्टी होरु, ु भन्दै ओलीले प्रश्न गरेका थिए। उनले कांग्रेस जस्तोसुकै अवस्थामा आएपनि भिड्न तयार रहेको बताएका थिए।

उनले भने, ुकांग्रेस बुर्का उतारेर आओस् कि बुर्का ओढेर आओस् हामी भिड्न तयार छौँ।ु उनले कांग्रेसले हिंसात्मक शक्तिलाई बढवा दिन खोजिरहेको आरोप पनि लगाएका छन्।

उनले पाँच वर्षमा साइनबोर्ड मात्रै हुन्छ भनेर कांग्रेसलाई ठूलो चिन्ता लागेको भन्दै व्यंग गरेका थिए। उनले भने, ुहामीलाई नजिकबाट हेर्नुस, दाग देखियो भने साबुनपानीले मात्रै होइन लौरा र भाटाले हान्नुस।ु

मार्सी चामलको व्यापक चर्चा भइरहेका बेला प्रधानमन्त्रीले भने, ुदुर्गासँग मार्सी भात खानु गल्ती होला। त्यो लालकिल्ला र इण्डिया गेटजकोस्तो मिठो पनि हुदैन। इण्डिया गेट खाने र लालकिल्ला ब्रान्ड खानेहरूले नै हाम्रो हल्ला गरिरहेका छन्।ु उनले दुर्गा प्रसाईंसँग खाएपछि फेसबुकमा फोटो हाल्नु कुनै समस्या नभएको बताए।

प्रधानमन्त्री ओलीले नेकपा र सरकारले सबै जनताले सहज रुपमा स्वास्थ्य शिक्षा पाउनुपर्छ भन्नेमा दृढता देखाएको बताए। उनले त्यो तत्कालै भने नहुने धारणा राखे।

उनले युद्धरत पक्षहरूबीच समेत वार्ताद्वारा समस्याको समाधान हुने र अहिले पनि त्यसै प्रक्रियाद्वारा समस्याको समाधान खोज्न सरकार तयार रहेको बताए।

त्यस्तै अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले राजधानीको फोहोर मैलालाई अस्थायी व्यवस्थापन गर्ने बताएका छन्।

थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *