Sajhamanch Archive

कानुनमन्त्री तामाङद्वारा पत्रकार सम्मेलन गरी राजीनामा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ   । कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

आफ्नै अभिव्यक्तिका कारण अलोचित बनेका मन्त्री तामाङले दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेर प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन् ।

नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो ।

उनको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि उनको व्यापक अलोचना भएको थियो ।

कान्तिपुर  समाचारबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *