Sajhamanch Archive

सँगै सुतेकी श्रीमतीको हत्या, श्रीमानको बयान, ‘म ट्वाइलेट गएका बेला हत्या भयो’

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

डोटी । डोटीको शिखर नगरपालिका–८ गोपघाटमा एक महिलाको नाटकीय रुपमा हत्या भएको छ ।

शुक्रबार बिहान करीब ४ बजेतिर अन्दाजी २८ वर्षीया राजु नेपालीको धारिलो घरेलु हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

राजुका श्रीमान् कृष्ण नेपालीले हत्या गरेको आशंकामा प्रहरी उनलाई नियन्त्रणमा लिएको छ । मृतक राजु र उनका श्रीमानसँगै सुतिरहेको अवस्थामा उनको हत्या भएको भए पनि श्रीमान कृष्णले आफू ट्वाइलेट गएका बेला श्रीमतीको अर्कैले हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

उनको घाँटी र टाउकोमा गहिरो चोट लागेको छ । उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिए पनि अस्पताल पुर्‍याएको केहिबेरमै राजुको मृत्यु भएको तिलताली प्रहरी चौकीका इन्चार्ज सई नरेन्द्र टमटाले जानकारी दिएका छन् ।

डडेल्धुरा अस्पतालमै पोष्टमार्टम गरेर हिजो नै लाश घरमा ल्याएको भए पनि मृतकका माइती पक्षले आजसम्म लाश उठाउन दिएका छैनन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर कर्णबहादुर बोहराले बताएका छन् । हत्या आशंकामा महिलाका श्रीमानलाई नियन्त्रणमा लिइएको भए पनि जाहेरी आई नसकेको प्रहरीको भनाई छ ।

हत्याबारे अनुसन्धान भइरहेका कारण कसले हत्या गरेको हो अहिले भन्न नसकिने बोहराले बताए । मृतकका दुई छोरा र एक छोरी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *