झापा बाह्रदशीका एक व्यक्तिमा कोरोना भएको पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो
Published: (Updated: )
by .
झापा । झापामा थप एक जना कोरोना संक्रमण पुष्टि भएको छ ।
झापा बाह्रदशी गाउँपालिका स्थित राजगढ निवासी ५० वर्षीय पुरुषलाई आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
उनी राजगढ निवासी जामाती रहेको बताइएको छ । हाल बाह्रदशी गाउँपालिकाले बनाएको कोरेन्टाइनमा बसेका छन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।
Comments