Sajhamanch Archive

विश्वभर कोरोना संक्रमित ३२ लाख १७ हजार नजिक, दुई लाख २७ हजार ९२५ को मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेका संख्या दुई लाख २७ हजार ९२५ पुगेको छ ।

बिहीबार साढे ६ बजेसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ३२ लाख १६ हजार ९६७ पुगेको छ । विश्वभर संक्रमितमध्ये १० लाख ३३ जना निको भएको वल्र्डओमिटरले जनाएको छ । त्यस्तै संक्रमितमध्ये १९ लाख ९० हजारभन्दा धेरैको उपचार भइरहेको छ ।

उपचार गराइरहेकामध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्र्डओमिटले जनाएको छ । बुधबार विश्वभर कोरोना संक्रमणबाट ६ हजार ४५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका ८० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ ।

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउको संख्यामा अझै कमी आएको छैन । आइतबार र सोमबार मृत्यु केही कम भए पनि मंगलबार र बुधबार अमेरिकमा दैनिक दुई हजार भन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना संक्रमणबाट दुई हजार ३५२ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ६१ हजार ६१८ पुगेको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या १० लाख ६३ हजार नाघेको छ । बुधबार एकै दिन अमेरिकामा साढे २७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी युकेमा बुधबार ७६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै स्पेनमा ४५३, फ्रान्समा ४ सय २७, ब्राजिलमा ४४८, इटालीमा ३२३, मेक्सिकोमा १३५, स्वीडेनमा १०७, नेदरल्यान्डमा १४५, क्यानाडामा १३७, बेल्जियममा १४५, रसियामा १०५, जर्मनीमा ९१, टर्कीमा ८९, इरानमा ८०, पेरुमा ८९ जनाले ज्यान गुमाएका छन् ।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७१ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म मृतकको संख्या एक हजार ७९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार नाघेको छ ।

भारतमा बुधबार मात्रै एक हजार ७३८ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा ८ हजार ४३७ जना उपचारपछि निको भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *