कमल गाउँपालिकामा ८ देखि ११ बजेसम्म मात्र पसल खुल्ने
Published: (Updated: )
by .
कमल । झापाको कमल गाउँपालिकामा शुक्रबारदेखि दैनिक विहान ८ बजदेखि ११ बजे सम्म मात्र अत्यावश्यक सामाग्रीका पसल खुल्ने भएका छन् ।
जिल्ला समन्वय समिति झापाले जिल्लाभर अत्यावश्यक बस्तुका पसल खोल्ने निर्णय गरेसँगै कमल गाउँपालिकाले पनि सोही समयमा पसल खेल्ने निर्णय गरेको हो । खाद्यन्य, तरकारी, डेरी र औषधी पसल मात्र खुल्ने निर्णय भएको कमल गाउँपालिकाका प्रमुख प्रसाकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउनका कारण यस अघि कमल गाउँपालिकामा दिउसो ११ बजे देखी २ बजे मात्र पसल खुल्दै आएका थिए ।
त्यसैगरी कोभिड १९ले गर्दा गाउँपालिकाका अन्य योजना प्रभावित भएपनि वर्षा याममा क्षती हुनबाट जोगाउनका लागी पुल, कल्भट, विद्यालय र जनता आवासका कार्यमात्र सन्चालन गर्ने निर्णय भएको अधिकृत श्रेष्ठले जानकारी दिए ।
Comments