Sajhamanch Archive

सरकार र केसीबीचको वार्ता सहमति नजिक, आजै अनशन तोड्न सक्ने

Published: (Updated: ) in समाज by .

काठमाडौं । सरकार र डा गोविन्द केसीबिच वार्ता सहमति नजिक पुगेको छ। बुधबार ९‍‍.३० मा शिक्षा मन्त्रालयमा दुवै पक्षबीच वार्ता हुनेछ।

मंगबार साँझ भएको वार्तामा सरकार र केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको हो। त्यसलाई अन्तिम रुप दिन अाज फेरि वार्ता हुन लागेकाे जनाइएकाे छ। नेकपा नेता सुवास नेम्बाङको पहलमा अनशनको २५ औं दिनमा सरकार र केसीपक्षबिच वार्ता भएको थियो।

नेकपा नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटा, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डिनहरु डा मदन उपाध्याय, डा रमेशकान्त अधिकारी र डा केसीका वार्ता समितिका संयोजक डा अभिषेकराज सिंहबीच अनौपचारिक छलफल भएपछि दुवै टोलीबीच वार्ता भएको थियो। मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए।

यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी थिए। डा केसीले उठाएका मागमध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति जुट्न बाँकी रहेको जनाइएको छ। सरकार र केसीबिच सात बुँदे सहमति हुने जनाइएको छ। सात बुँदे सहमतिको ड्राप्ट बनिसकेको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार बुधबार बिहान बस्ने वार्तामा सहमतिपत्रलाई अन्तिम रुप दिइने जनाइएको छ।

सहमतिसँगै डा केसीको अनसन पनि आज नै तोडिनसक्ने सम्भावना रहेको स्रोतले जनायो। त्यस्तै केसीपक्षका वार्ता टोली सदस्य सुरेन्द्र भण्डारीले अहिले पनि अनौपचारिक वार्ता भइरहेको र सरकार यो विषयमा लचिलो भएको जनाएका छन्। असार १६ गते जुम्लाबाट १५ अाैं अनशन सुरु गरेका डा गोविन्द केसीको अवस्था जटिल बन्दै गएपछि सरकारले उनलाई जुम्लाबाट काठमाडौं ल्याएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *