Sajhamanch Archive

लकडाउनले रोकिएका शिवसताक्षी नगरका विकासका योजनाहरु सुचारु

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । कोरोना भाइरसका कारण लकडाउनसँगै अट्किएका विकास निर्माणका कामलाई निरन्तरता पाएका छन् ।

प्रदेश नम्बर १ को गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाले निर्माण सामग्री ढुवानी र स्थायी संरचना निर्माण खुकुलो गर्न स्थानीय सरकारलाई अख्तियारी दिएपछि झापाका स्थानीयतहमा रोकिएका विकास निर्माणका कामहरु सुरु भएका हुन् ।

शिबसताक्षी नगरपालिकामा पनि निर्माणधिन दर्जनौ बिकासे योजना र निर्माण सम्बन्धीका सामाग्रीहरु ओसार–प्रसार गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाले गठन गरेको सर्वदलीय नगर समन्वय समितिको शुक्रबार बसेको बैठकले ढुवानी र निर्माण प्रक्रियालाई केही नियम बनाएर सुचारु गरिएको हो । यो सँगै शिवसताक्षीमा रोकिएका कम्तिमा ३ सय निर्माणाधिन घर बन्ने भएका छन् ।

लकडाउनका कारण शिवसताक्षी नगरमा ५० वटा आयोजना रोकिएका थिए, अव संचालन हुने नगरका सूचना अधिकारी प्रकाश चौधरीले बताए ।

सुचना अधिकारी चौधरीका अनुसार शिवसताक्षी नगरपालिकामा चालु आवको २०७६र०७७ का योजनाहरु लकडाउनका कारण रोकिएका थिए । रोकिएका पुल, कल्भर्ट, ढल, नदी नियन्त्रण, भवन, बजारका टहरा र सडक कालोपत्रे योजनाहरु संचालन गर्ने निर्णय भएको उनले बताएका छन् ।

निर्माण सामाग्री ढुवानीका लागि नगरपालिकाले ढुवानी गर्ने सवारी साधानलाई पासका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस दिन थालेको छ । यता विकास निर्माणका साना कामहरुलाई ५ जना मजदुरले काम गर्ने नियम बनाइएको छ । पुल कल्र्भट, भवन जस्ता आयोजनाका लागि १० जनासम्म मजदुरले काम गर्न पाउने शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकृत डिल्ली नेपालले जानकारी दिए । उनका अनुसार ठेक्केदारले लगाइने कामदर नगर भित्र कै हुनु पर्ने छ ।

कामदारलाई आवश्यक स्वास्थ्य स्वास्थ्य सामग्रीहरु माक्स, पन्जा, साबुन पानी, सेनीटाइजरको व्यवस्था गर्नुपर्ने बताईएको छ ।

आयोजनामा प्रयोग हुने कामदारले सामाजिक दुरी कायम गरेर मात्र काम गर्नुपर्ने नियम छ । नगरमा संचालन हुने सबै आयोजना स्थानीय प्रशासनको समन्वयमा मात्र संचालन हुने पनि अघोषित निर्णय भएको छ । स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्न सक्ने आधार भए आयोजना संचालनमा रोक लगाउने पनि बताइएको छ ।

पूल, कल्भर्ट समेतका योजना संचालन गर्दा आवश्यक पर्ने रड, सिमेन्ट, जस्तापाता, इँटा लगायतका निर्माण सामग्री बिक्री गर्ने पसल पनि खोल्ने निर्णय भएको छ । आईतबार, सोमबार, बिहीबार र शुक्रबार बेलुकी ६ बजेदेखि विहान ७ बजे सम्म खोल्न दिने निर्णय भएको छ ।

मालबहाक, ढुवानी गर्ने सावारी साधानलाई राती मात्र अनुमति भएकाले निर्माण सामाग्रीका पसल राती खोल्नु पर्ने बाध्यता रहेको व्यवासयीले बताएका छन् ।

नदीजन्य पदार्थ, निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको ढुवानी अनुमतीका लागि निवेदन सहितको विवरण सम्बन्धित सवारी धनीले नगरपालिकाको कार्यलयमा पेश गर्नुपर्ने छ ।

सवारी साधनको दर्ता किताब, सवारी चालकको चालक अनुमती पत्र आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय झापाले सवारी पास उपलब्ध गराउने बताइएको छ ।

नदीजन्य पदार्थ झिक्न जाने वा निर्माण सामग्री ढुवानी गर्ने गरी अनुमती प्राप्त सवारी साधनले बेलुकी ६ बजेदेखी विहान ७ बजेसम्म मात्र ढुवानी गर्न पाउने निर्णय भएको छ । निर्माण वा ढुवानी व्यवसायीले निर्माण सामग्री भण्डारण गर्न पाउने भएपछी कुनै पनि संरचना निर्माणमा ढिलाई नहुने व्यवसायी समेतले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *