Sajhamanch Archive

सेनाको गाडीकाे ठक्करबाट घटनास्थलमै युवकको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

बाँके । नेपाली सेनाको गाडीले ठक्कर दिँदा कोहलपुरमा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएकी छन्।

कोहलपुर नगरपालिका–२ का २४ वर्षीय किरण भुषालको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा२झ ६३४१ नम्बरको सेनाको गाडीले भे४प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भुषालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी बारबर्दिया नगरपालिका–४ बर्दियाकी २७ वर्षीया प्रतीक्षा भुषाल घाइते भएकी हुन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै प्रहरीले सेनाको गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *