Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन ।

भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५÷१५ दिनमा मूल्य समायोजन हुने व्यवस्था छ तर यो अहिले कार्यान्वयन भएको छैन ।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार आएको स्वचालित मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएको छैन । १५ दिनअघिको मूल्यसूची अनुसार पनि निगमले मूल्य समायोजन गरेन ।

निगमले शनिबार विज्ञप्ति जारी गरी अन्तर्रा्ष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको खरिद मूल्य घटेर आए पनि हाल पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून रहेकाले तत्काललाई मूल्य समायोजन यथावत् राखिएको जनाएको छ । निगमले कारोबार नभएको वहानामा स्वचालित मूल्यसूची समेत कार्यान्वयन गरेको छैन ।

गोरखा पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *