Sajhamanch Archive

दिल्लीबाट १६ महिलाको उद्धार

Published: (Updated: ) in विविधा by .

काठमाडाैं  । भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो ।

उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो ।

मंगलवार राति स्थानीय समयानुसार राति १ः३० बजे छापा मारेर उनीहरूको उद्धार गरिएको हो । महिला तस्करमा संलग्न दलालहरूले उनीहरूलाई फकाइ–फुलाइ भारत पुर्‍याएको बुझिएको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलालहरूले नेपाली महिलाको राहदानी (पासपोर्ट) खोसेर आफूसँगै राखेका थिए । १६ जनालाई एउटा सानो कोठामा राखिएको थियो ।  दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा खटिएको टोलीले नेपाली महिलाको उद्धार गरेको हो ।

करिब ८ महिना अगाडिदेखि दिल्लीबाट कुवेत र इरानतर्फ महिला तस्करी भइरहेको प्रारम्भिक जाँचबाट खुलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *